देश

जातीय विभेद गर्ने घरवेटी पक्राउ


काठमाडौँ – जातका कारण कोठा नदिएको आरोपमा प्रहरीले एक घरबेटीलाई पक्राउ गरेको छ। तनुहँकी २४ वर्षीया रुपा सुनारलाई कोठा नदिएको आरोपमा बबरमहलका एक घरबेटीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरिएको हो।

घरबेटीलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता रमेश बस्नेतले पुष्टि गरे। घरबेटी सरस्वती प्रधानलाई आइतबार बबरमहलबाट पक्राउ गरिएको हो । गत बिहीबार कोठा खोज्न गएका रुपालाई जातकै कारण देखाएर कोठा नदिएको भन्दै उनले प्रधानविरुद्ध जाहेरी दिएकी थिईन् ।

प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूतको कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान अगाडी बढाएको छ। उक्त कसुरअनुसार तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।