विदेश

जहाजमा बम रहेको सुचनाले सोमबार दिनभर इरान, भारत र चीनमा हल्ली खल्ली मच्चियो


काठमाडौँ — इरानीकम्पनीमहान एयरको जहाज डब्लू ५८१ मा बम रहेको सुचनाले सोमबार दिनभर इरान, भारत र चीनीयाआकाशमाहल्लीखल्लीमच्चियो । उक्तजहाजभारतको विमानस्थलमाअवतरण गर्न नदिइएपछि झनै अवस्थाआतंकितबन्यो । सोमबार बिहानभारतीय समय अनुसार ९ बजेर २० मिनेटमा भारतीय एयर स्पेस प्रवेश गरेको इरानीकम्पनीमहान एयरको जहाज डब्लू ५८१ मा बम रहेको खबर उडीरहेको जहाजबाटै पाइलटले सार्वजनिक गरे ।

इरानबाट ४ हजार ६ सय २२ किलोमिटर दुरीकालागि उडेको यो जहाजभारतीयआकाशमाआइपुगेपछि स्वयम् पाइलटले नयाँदिल्लीस्थित एयर ट्राफिक कन्ट्रोलरलाई दिए ।५ सयभन्दा बढि यात्रु बोकेर ११ हजार मिटर भन्दामाथिको उचाईमा उडिरहेको यो जहाजका पाइलटले सुचनामात्रै दिएनभारतको इन्दीरागान्धीविमानस्थलमाअकस्मातअवतरणका लागिअनुमतिपनिमागे ।

लगत्तै, इन्दिरा गान्धीविमानस्थलमा सतर्कताअपनाइयो । भारतीय सुरक्षाएजेन्सीहरुले समेत सकर्ततालिए । तर, जहाजलाई नयाँदिल्लीविमानस्थलमाभने अवतरणको अनुमतिदिइएन । भारतीय सञ्चार माध्यमहरुकाअनुसार इरानबाट चीनको ग्वाङ्झाउकालागि उडेको यो जहाज जबरजस्तीअवतरणका लागिआफ्नो उचाई घटाउँदै नयाँदिल्लीमनजिकै आइरहेको थियो ।तर सुरक्षालाई मध्यनजर गर्दै भारतीयवायुसेनाले नयाँदिल्लीमाअवतरणको अनुमतिदिएन ।

लगत्तै योजहाजलाईजोधपुर एयरवेशमा रहेको भारतीयवायुसेवाको जहाजले पच्छ्यायो । ‘फ्लाइट राडार २४’ को तथ्यांकअनुसार भारतीयवायुसेनाको दुई विमानले डब्लू ५८१ जहाजलाईआकासमै घेरेर भारतीय आकाशबाट बाहिर लैजानदवावदिएकाथिए ।
आपतकालिनअवस्थालाई मध्यनजर गर्दै जहाजलाई जयपुर वा चण्डीगढ विमानस्थलमाजानअनुमतिदिइएको थियो । पाइलटले भने दुबै शहरमाजहाजअवतरण गराउनइन्कार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।९ बजेर २० मिनेट देखि १० बजेर ५ मिनेटसम्म जहाजदिल्लीको आकासमै घुमेको थियो ।

अन्तिममा पाइलटले जहाजलाई आफ्नो गन्तव्यचीनको ग्वाङ्झाउ नै लैजाने निर्णय लिए । नेपाली समय अनुसार गोन्जाओमा साँझ ५ बजेर ४५ मिनेटमा सुरक्षितअवतरण गरेको छ र परिक्षणका क्रममाकुनै शंकास्पद बस्तु फेलानपरेको चीनीया समाचार एजेन्सी सिन्वाले जनाएको छ । गलत सुचनाका कारण सोमबार दिनभर नै भारत, चीन र इरानमाअफवाह फैलियो । गलत सुचनाका कारण आतंकितबन्नपुगे ।