Breaking

जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु: वरिष्ठ नेता पौडेल


काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक पनि उम्मेदवारी दिने बताएका छन् । तनहुँमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले आफू उम्मेदवार हुँदा अरुको दाबी नहुने जिकिर गरेका छन् ।यसअघि चुनाव हारेको क्षेत्रबाट चुनाव जितेरमात्र आफू मर्न चाहेको पौडेलले बताएका छन् । ‘मैले साथीहरुलाई भनेको छु, मैले जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेरमात्र मर्न चाहन्छु,’ नेता पौडेलले भने । आफू चुनाव लड्ने भएपछि अरु पार्टीका नेताहरुको दाबी नलाग्ने पौडेलको भनाइ छ ।

२०७४ सालको चुनावमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ९किसान०सँग पौडेल पराजित भएका थिए । तनहुँ क्षेत्र नम्बर १ मा कुल खसेको ६७ हजार ८ सय ३ मतमध्ये श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी भएका थिए । नेता पौडेलले २७ हजार ६ सय ९० मत ल्याउँदा ६ हजार ८ सय २ मतान्तरले श्रेष्ठ विजयी भएका थिए ।

नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएपछि श्रम मन्त्रीसमेत बनेका श्रेष्ठ यो चुनावमा पनि उठ्न चाहान्छन् । उनकै लागि माधवकुमार नेपालले तनहुँ क्षेत्र नम्बर १ मागेको चर्चासमेत थियो । तर, पौडेलले गठबन्धनको सूत्रधार नै आफू भएको र आफू उम्मेदवार हुन्छु भन्दा अरुको दाबी नपुग्ने बताएका छन् । उहाँले दाबी गरेपछि मेरो केही लाग्दैन भनेर मलाई अर्को व्यवस्था गरिदिनुस् केही भनेर माधवजी र मसँग उहाँको उम्मेदवार (कृष्णकुमार श्रेष्ठ०ले भनिसक्नुभएको छ,’ पौडेलले भने ।

तनहुँका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुलाई राखेर आफूले सल्लाह गरिसकेको पौडेलको भनाइ थियो । नेता पौडेलले सबै पार्टीसँग सल्लाह गरेर गठबन्धनबाट जित्ने गरी चुनाव लड्ने बताए । शीर्ष नेता नेता तनहुँका केन्द्रीय सदस्यहरुसँगसमेत छलफल गरेको छुँ, जिल्लाका साथीहरुसँग पनि छलफल भइरहेको छ,’ नेता पौडेलले अनलाइनखबरसँग भनें, ‘औपचारिक रुपमा निर्णय गरेर अगाडि बढ्छु ।’