देश

जनप्रगतिशिल मञ्च जापान गुन्मा–तोचिगीको दोस्रो अधिवेशन सम्पन्न


काठमाडौँ – माओवादी निकट प्रवास संगठन जनप्रगतिशिल मञ्च जापानले गुन्मा(तोचिगी क्षेत्रीय समितिको ऐतिहासिक दोस्रो अधिवेशन सम्पन्न गरेको छ। प्रवास संगठनका सदस्य अरुण कुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा राष्ट्रिय कमिटी अध्यक्ष हवल चन्द्र लामाको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

उत्सुमोनिया शहरमा सम्पन्न अधिवेशनले राकेश बिमलीको अध्यक्षतामा सर्बसम्मत रुपमा २१ सदस्य समिती निर्वाचित गरेको छ । उपाध्यक्ष बिमन किराती ,अनिल रावल , गोकुल घिमिरे सन्कल्प थिङ ,सचिबमा श्रीधर पन्थी सहसचिवमा सुजन आङ्बो, कर्मा दोंग र कोषाध्यक्षमा अभिसेक रायमाझी सहित १२ सदस्यिय समिति निर्माण गरेको छ।

कार्यक्रममा भवानी पन्त, रामहरी पुडासैनी, मन्चका सचिव सालीकराम भण्डारी लगायतको उपस्थिती रहेको थियो । प्रवासमा सबै भन्दा अब्बल संगठन बनाउने नेताहरुले अठोट गरेका थिए । आफ्नो क्षेत्यत्री अधिवेशनलाई तीब्रता दिंदै राष्ट्रिय अधिबेशन डिसेम्बर १२ मा टोकियोमा गर्ने तयारी गरेको छ ।