Breaking

जनकपुरमा स्वतन्त्रका मनोज पहिलो, गठबन्धनलाई साख जोगानउै मुस्किल


काठमाडौँ – जनकपुरधाम उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवार शीर्ष स्थानमा रहेका छन्। सत्ता गठबन्धनका उम्मेदवारको भने पुछारमा पुगेको छ ।

नेपाली काँग्रेसका मनोज कुमार साहले वागी बनेर निर्वाचनमा भाग लिदै अग्र स्थानमा रहदा सत्तारुढ गठबन्धन दलको जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका लालकिशोर साह भने पाँचौं स्थानमा छन्। मनोज साहले २६३६ मत ल्याउँदा सत्तारुढ गठबन्धनका उम्मेदवार लालकिशोर साहले २६५ मत मात्र ल्याएका छन् । एमालेका मेयर पदका उम्मेदवार शिवशंकर साह (हिरा) मनोजलाई पछ्याईरहेका छन्।

अर्का स्वतन्त्र उमेदवार बलराम महतोले ६६२, लोकतान्त्रिक समावादी पार्टी (लोसपा)का मनोज चौधरीले ३११ र जनता समाजवादी पार्टी ९जसपा०बाट गठबन्धनको उम्मेदवार लालकिशोर साहले २४५ मत मात्र प्राप्त गरेका छन्।

गठबन्धनका लालकिशोर साह २०७४ सालको निर्वाचनमा बहुमतका साथ विजयी भएका थिए । तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (हाल जसपा) बाट झण्डै दोब्बर मतले विजयी भएका साहलाई साख बचाउन समेत धौ–धौ परेको छ। सोही निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मनोजले १ हजार १६४ मत प्राप्त गरेका थिए ।

उप–मेयरमा भने सत्तागठबन्धन नै अगाडी देखिएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार किशोरी साह भने पहिलो स्थानमा छ। एमाले दोस्रो स्थानमा छ।