अर्थनीति

जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लसको फ्याक्ट्री उद्घाटन


काठमाडौँ – जगदम्बा स्टीलले जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लसको फ्याक्ट्री उद्घाटन गरेको छ । जगदम्बा स्टीलका संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन गरेका छन् ।

उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ । यस सिआरएममिलको डिजाईन, जडान कार्य, कमिशनिगं कम्पनीका भाईस् प्रेसिडेण्ट प्रभात मिश्राले गरेका हुन् । उनी ग्याल्भालुम् तथा कलर कोटिङ्घ उत्पादन प्रबिधिमा बिज्ञ हुन् । जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने कुुरामा विश्वस्त रहेका कम्पनीले जनाएको छ ।

विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो । नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युुम लाईन प्रविधिबाट उत्पादन हुुने जगदम्बा सुपर शाइन तथा ग्याल्भाप्लस अन्य साधारण जस्तापाताको तुलनामा अत्यधिक मजबुुत र टिकाउ हुने कम्पनीले जनाएको छ ।