अटो

जगदम्बा मोटर्सको एस.यु.भि प्रोटोन एक्स सेभेन्टी सार्वजनिक


काठमाडौँ – जगदम्बा मोटर्सले मलेशियाली अटोमोबाइल प्रथम एस.यु.भि प्रोटोन एक्स सेभेन्टी कार नेपालमा सार्वजनिक गरेको छ ।

नेपालमा यस कारको मुल्य ८६ लाख ९९ हजार रहेको छ । यसमा रहेको अत्याधुनिक भोइस कमान्ड सिस्टमले कारभित्र चालक र यात्रुले हातले गर्नुपर्ने अधिकांश काम बोलीबाटै गर्न सहयोग पुर्याउदछ । भोइस कमान्ड सिस्टमले एयर कन्डिसनर कन्ट्रोल, समय, फोनकल, आफुले चाहेको संगीत सुन्ने, एसियाली मानिसको पहिचान, गाडीका बिभिन्न फिचर्स बारे सोधपुछ देखि लिएर गाडीको पुरै सिस्टम कन्ट्रोल गर्न सक्ने सम्म काम हुने कम्पनीले जारी विज्ञप्तिमा उल्लेखे छ ।