Breaking

चुनाव लगत्तै मतदातालाई महङ्गी उपहार, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अहिलेसम्मकै उच्च


काठमाडौँ — बजारमा पेट्रोलिय पदार्थ अहिलेसम्मकै उच्च मूल्यमा कारोवार भईरहेको छ । नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलमा १०–१० रूपैयाँ मूल्य बढाएको हो । आम उपभोक्ता पेट्रोल, डिजेल र मट्टितेलमा अहिलेसम्मकै उच्च मूल्य तिर्न बाध्य छन । मूल्य वृद्धिका कारण दैनिक हातमुखै जोड्न मुस्किल हुन थालेको छ । मुलुक अझै पनि निर्वाचनकै माहोलमा छ । नागरिक अझै चुनावको मतपरिणाममा अलमलिरहेका छन् ।

सरकारले यहि मौका छोपेर पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य बढेको भन्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले मुल्य बढाइएको हो । अहिले बजारमा पेट्रोल प्रतिलिटर १ सय ७० डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५३ रुपैयामा कारोवार भइरहेको छ । मुल्य समायोजनपछि पनि निगमको घाटा मासिक ४ अर्व २५ करोड यथावत छ । इन्थनमा भएको मुल्यवृद्धिको तरंग बजारमा देखिन थालेको छ । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि प्रति आम उपभोत निरिह देखिएका छन ।

पटक पटकको मुल्यवृद्धिका कारण सर्वसाधरण आजित छन । इन्धनमा भएको मुल्यवृद्धिको प्रत्यक्ष असर सर्वसाधरणको भान्छासम्म पर्ने निश्चित छ । गाडि भाडा ढुवानी जस्ता विषयले बजारमा हरेक सामानको मुल्य निरन्तर उकालो लागि रहेको छ । नागरिकका भान्छामा महंगिको चपेटामा पर्दै आएको छ । पछिल्लो समय इन्धनजन्य वस्तुमा भएको मुल्यवृद्धिले आम सर्वसाधरणको ढाड सेकिने निश्चित छ । अझ दैनिक सवारी साधनबाटै कमाएर आप्नो गुजारा चलाउने वर्ग थप मारमा पर्ने चिन्तामा छन ।

दैनिकी ट्याक्सी चलाएर जीविको पार्जन गर्दै आएको ट्याक्सी चालकहरु अत्तालिन थालेका छन । सरकारप्रति आक्रोशित छन ।यातायात व्यवसायीहरुको सिन्डिकेटका कारण यसै पनि आम सर्वसाधरण संधै मारमा छन । त्यसैमाथी पटक पटकको मुल्यवृद्धिले बजार अनियन्त्रित बनेको छ । केहि आशा र भरोषा सहित उत्साहका साथ निर्वाचनमा सहभागी बनेको मतदातालाई सरकारले दैनिकी चलाउनै नसक्ने महंगि उपाहार दिएको छ ।