Breaking

चुनावको सम्मुखमा वाइसिएल व्युँत्याउने प्रचण्डको दाउ, सामूहिक सक्रियता बढाउन आह्वान


काठमाडौँ — मुलुक संसदीय निर्वाचनको संघारमा छ । जति जति निर्वाचनको मिति नजिकिँदो छ राजनीतिक दलहरुको दौडधूप उत्तिकै बन्दै गएको तिव्र छ । दलहरु चुनावको रणनीतिक योजना तर्जुमा गर्नेदेखि भातृसंगठन जागकरणमा समेत सक्रिय बनेका छन् । निर्वाचन नजिकिएसँगै सत्तारुढ दल नेकपा माओवादी आफू निकट युवा संगठन वाइसिएलाई फेरी व्युँत्याउने कसरतमा जुटेकोे छ । विद्रोहबाट शान्ति प्रक्रियामा आएलगत्तै माओवादीले आफ्ना लडाकुलाई वाइसिएलमा रुपान्तरण ग¥यो ।

वाइसिएलअरु थुप्रै युवा संगठित हुँदै बनेको माओवादी केन्द्रको युवा दस्ता हो । तत्कालिन समय माओवादीको दवदवा देखाउने मात्र होइन माओवादीको साख जोगाउन समेत वाइसिएल अग्रपंतिmमा देखिन्थ्यो । नेतृत्वलाई जोगाउने, झकझक्याउने काम मात्र होइन उर्जाको स्रोत समेत वाइसिएल थियो भन्दा फरक नपर्ला । कुनै बेला त न्याय माग्न अदालत र प्रशासनमा होइन, वाइसिएलकहाँ जानु समेत भन्थे । तर त्यहि वाइसिएल विस्तारै अराजक बन्न थाल्यो ।

राजनीतिमा गलत रबैया सहित जवरजस्तको उपस्थितिका कारण राजनीतिक अनुशासन हिनताको आरोप वाइसिएले खेप्नु प¥यो । तत्कालिन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले त वाइसिएललाई योङ क्रिमिनल लिगको संज्ञा नै दिएका थिए । मातृ पार्टी नेकपा माओवादी केन्द्र आफै आफ्नो एजेन्डा भन्दा व्यतिगत लाभमा लिप्त बन्दा भातृ संगठनहरु पनि खुम्चिन थाले । यो विषयलाई माओवादीले प्राप्त गरेको पतिले पनि पुष्टि गर्दछ । तथापी नेताहरु वाइसिएल खस्किएको नभई समय अनुकुल आफ्नो सक्रियता कायमै राखेको दावी गर्छन ।

माओवादी केन्द्र आफ्नो अस्तित्वको रक्षार्थ एक्लै असम्भव भएपछि अन्य साना ठुला दलसँग मिलेरै भए पनि राष्ट्रिय राजनीतिमा सक्रिय छ । आफ्नो अस्तित्व जोगाउ नेतृत्वको भागदौड जारी छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर फाइदाको राजनीति गर्न सफल बनेको माओवादी केन्द्र आगामी संसदीय निर्वाचनमा पनि गठबन्धन मात्र होइन छुट्टिएर गएका पूर्व माओवादीहरुलाई समेत जोड्ने प्रयासमा छ । ओली विनाको बाम एकता र त्यसको नेतृत्व गर्ने जोडवलमा जुटेका अध्यक्ष प्रचण्ड आगामी निर्वाचन आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । चुनावको सम्मुखमा प्रचण्डले आफ्नो युवा दस्तालाई सामुहिक सक्रियताका लागि आह्वान नै गरेका छन ।

वाइसिएलको यो भेला माओवादीको शतिm प्रर्दशन मात्र होइन निर्वाचनको पुर्व सन्ध्यामा आफ्नो रणनीति र योजना जनतासम्म युर्याउने माध्यम पनि बन्ने देखिन्छ । अर्कोतर्फ चुनावलाई लक्षित गर्दै युवालाई अवसर दिएर पार्टी काममा परिचालन गर्दा निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउने पनि माओवादीको रणनीति रहेको बुझ्न सकिन्छ ।