कोरोना विशेष

चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी


काठमाडौँ – कोरोनाभाइरसविरुद्ध चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ । सो खोपको प्रभावकारिताबारे परीक्षणबाट पुष्टि भएको हो ।

कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने ७९ प्रतिशत प्रभावकारी देखिएको अधिकारीले जानकारी दिएका छन् । सो खोप उत्पादक कम्पनीले आफूले उत्पादक गरेको खोप प्रयोगका लागि अनुमति दिन माग गर्ने बताएको छ । कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य संगठनलाई बुझाउने तयारी गरिरहेको छ ।

उक्त कम्पनीको क्लोभर बायोफर्मास्युटिकलको आधिकारी वेवसाईटमा ३० हजारभन्दा बढी वयस्कमा खोपको परीक्षण गरिएको उल्लेख छ । परीक्षणमा फिलिपिन्स, ब्राजिल, कोलम्बिया, दक्षिण अफ्रिका र बेल्जियम गरी पाँच देशका ३१ क्षेत्रका नागरिक सहभागी भएको जनाइएको छ