विदेश

चीनबाट सुरक्षा खतरा रहेको अमेरिकाको आरोप, जापान, कोरियासहित एसियामा अमेरिकी सैन्य कायम राख्नुपर्ने धारणा


काठमाडौँ – अमेरिकाले छिमेकीहरू तथा एसिया प्रशान्त मुलुकहरूप्रति चीन आक्रामक रहेको र ती मुलुकहरूमा चीनबाट सुरक्षा खतरा रहेको आरोप लगाएको छ । जापान, कोरियासहित एसियामा अमेरिकी सैन्य उपस्थिति कायम राख्नुपर्ने पनि अमेरिकाले घारणा राखेको छ ।

अमेरिकाका उच्च कूटनीतिज्ञ तथा चीनका लागि राजदूतका रूपमा प्रस्तावित निकोलस वर्नसले चीनको आक्रामक रणनीतिलाई रोक्न पनि सैन्य उपस्थिति अनिवार्य भएको बताएका छन । अमेरिकी संसद्को अन्तर्राष्ट्रिय मामिला समितिद्वारा आयोजित सुनुवाइमा वर्नसले भियतनाम, फिलिपिन्स, साउथ चाइना सी, जापान, अस्ट्रेलियाविरुद्ध चीन आक्रामक हुँदै गएको आरोप लगाएका हुन् । करिअर कूटनीतिज्ञ बर्न्स अमेरिका र भारतबीच भएको आणविक वार्तामा अमेरिकी सदस्यसमेत थिए ।
०००