खेलकुद

चीनको बेइजिङमा हुने ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने अमेरिकाको घोषणा


काठमाडौँ – अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ ।

चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो । तर उसले अमेरिकी खेलाडीहरु भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ । गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले आज बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलम्पिकको उत्सवमा योगदान नगर्ने बताएकी छन् ।