मौसम

चिसोमा किन बढ्छ वायु प्रदूषण ?


काठमाडौँ — नेपालमा चिसो अझै बढ्नसक्ने भन्दै शतर्क रहन विज्ञहरुले सचेत गराएका छन् । चिसा मोसममा वायुप्रदूषण बढ्ने भएका कारण मृत्युदर बढाउने चेतावनी समेत उनीहरुले दिएका छन ।

नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै शतर्क रहन विज्ञहरुले सचेत गराएका छन् । पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने गर्दछ । त्यस वायु पृथ्वीको सतह नजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरुले सचेत गराएका हुन् । पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारुरुपमा हुन नसक्दा यसको सिधा असर जनस्वास्थ्यमा पर्ने भएकोले विज्ञहरुले त्यसतर्फ तयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेती जलवायुजन्य विपद्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनैतिक तयारी थाल्नुपर्ने बताउँछन । भारतमा हरेक वर्षमा ४ वटा चक्रवातहरु आउने र त्यसको असर नेपालमा पनि पर्ने भएकोले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणवद्ध तयारी थाल्नुपर्ने उनको धारणा छ । वायुप्रदूषणलाई बेवास्ता गरेमा यसले मृत्युदर बढाउने चेतावनी समेत उनले दिएका छन ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी डा. डिजन भट्टराई शीतलहर र मनसुनजन्य विपद्को प्रतिकार्य, राहतउद्धार गर्ने कामको कार्यान्वयन गर्ने मुल जिम्मेवारी जिल्ला र स्थानीय तहलाई दिएकोले स्थानीय तहले नै सम्पूर्ण काम गर्ने बताउँछन । प्रवक्ता भट्टराईले स्थानीय विपद् व्यवस्थापन समितिले मागेका कुराहरु प्राधिकरणले पूरा गर्ने समेत दावी गर्दै आएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनालाई प्रमाणीकरण गरेर मात्रै जनतालाई सूचना दिनु पर्ने विज्ञले बताउदै आएका छन । महाशाखाले पुर्व सुचाना दिए पनि अन्य निकाय र जनता सचेत नहुदा नेपालमा प्राकृतीक विपतबाट वर्सेनी ठूलो क्षतीको सामना गर्नु परेको छ ।