राजनीति

चिनियाँ राजदूत यान्छीले लगाइदिइन् दशैंको टीका


काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्ना सहकर्मीहरूलाई दशैंको टीका लगाइदिएकी छन् ।

नेपाल सहकर्मीहरुसँग दशैं मनाउन पाउँदा खुसी लागेको राजदूत यान्छीले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

‘मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु‚’ यान्छीले सामाजिक सञ्जालमा लेखेकी छन्‚ ‘सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु । ’