समाचार

चाडपर्वमा घर छोड्दै हुनुहुन्छ ? प्रहरीलाई खबर गर्नुहोस्, सुरक्षाको व्यवस्था हुन्छ (भिडियोसहित)

कस्तो छ प्रहरीको चाडपर्व लक्षित सुरक्षा रणनीति ?


काठमाडौँ – दशैं, तिहार छठ जस्ता राष्ट्रिय पर्वहरु नजिकिएसँगै उपत्यकाको शान्ति सुरक्षा थप चुस्त पारिएको छ । चाडवाडका बेला हुने चोरी डकैती लगायतका अपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सुरक्षा रणनीति सहित प्रहरी परिचालन सुरु गरिएको प्रहरीले जनाएको छ ।
हिन्दु धर्मवलम्बिहरुको महत्वपूर्ण पर्व दशैं, तिहार छठसुरु हुन केहि हप्ता मात्र बाँकी छ ।

बजार क्षेत्रको चहलपहलले अझचाडवाडको रौनकता थपि दिएको छ । बजारमा किनमेल गर्ने,घर जान टिकट बुकिङ गर्ने सर्वसाधरणले उपत्यकाका मुख्य बजार तथा बसपार्क क्षेत्रमा घुइँचो बढेको छ ।

दशैँ अघि भीडभाड र चहलपहल बढ्नेअनि दशैकै समयमा सुनसान बन्ने काठमाडौँमादुवै परिस्थीतिलाई मध्यनजर गरी सुरक्षा सतर्कता अपनाइएको प्रहरीको भनाई छ ।भीडभाड र सुनसान दुवै समयको फाइदा उठाउने समूहअर्थात चोरहरु विगविग चाडवाडकै बेलासक्रिय हुने गर्दछ । उपत्यकामा चाडवाडका बेला साधरण चोरीका घटना बढि दर्ता हुने प्रहरीको तथ्याङ्क छ । चाडवाड सुरक्षा रणनीति लागु भए पश्चात मात्रसय भन्दा बढि पाकेटमाराहरु पक्राउ परिसकेको काठमाडौँ प्रहरीले जनाएको छ ।

चाडवाडका बेला हुने चोरीका घटनाहरुबाट सर्वसाधरण अझै पनि त्रसित नै छन । उपत्यकामा अझै पनि ढुक्कका साथ चाडवाड मनाउने वातावरण नभएको सर्वसाधरणको गुनासो छ ।

चाडवाडका बेला उपत्यकाको शान्ति सुरक्षा सुदृढ गर्न प्रहरीले विशेष सुरक्षा रणनीति अपनाउँदै आएको छ । यो वर्ष पनि चाडपर्वको समयमा हुनसक्ने सम्भावित घटना र अपराध न्यूनीकरणका लागि विशेष सुरक्षा रणनीति तय गरिएको छ । बजार, चोक तथा मानिसहरुको बढि भीड हुने स्थानहरुमा सादा पोषाकमा उल्लेख्य प्रहरी परिचालन गरिएको छ ।

उपत्यका बढी भिडभाड हुने, वित्तीय संस्था, सपिङ मल र बसपार्क क्षेत्रमा पैदल,साइकलm मोटरसाइकलमा पनि प्रहरीलेगस्ती बढाएको छ । दशैं मनाउन आफ्नो घर छोडेर जाँदा छिमेकी र नजिकको प्रहरी कार्यालयलाई जानकारी गराएर मात्र घर जान प्रहरीले आग्रह गरेको छ ।
चाडवाडका बेला घट्ने विभिन्न प्रकृतिका घटनामध्ये साधरण चोरी बढ्दो छ ।त्यसैले प्रहरीसंगै सर्वसाधरण आफै पनि चनाखो हुन जरुरी छ ।