अर्थनीति

चाँदीको मूल्य घट्दा सुनको भने स्थिर


काठमाडौँ – आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज गत साताको शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ तोकेको छ । यस्तै, तेजाबी सुनको मूल्य ८८ हजार ५०० रुपैयाँ तोकिएको छ ।

आज सुनको मूल्य स्थिर भएपनि चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको महासंघले बताएको छ । गत साताको शुक्रबार प्रतितोला ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।