Breaking

विश्वविख्यात स्कि माउन्टेनर हिलारीको शव भेटियो, काठमाडौँ ल्याइँदै


काठमाडौँ – अमेरिकी स्कि माउन्टेनर ४९ वर्षीया हिलारी नेल्सनको शव फेला परेको छ ।

मनाङ प्रहरीका अनुसार गोरखा र मनाङको सिमानामा हिलारीको शव भेटिएको हो । गोरखा र मनाङको सीमानामा शव फेला परेको हो । अहिले शव बेसक्याम्पमा झारिएको छ । गोरखासँग समन्वय गरेर काठमाडौँ पठाउने तयारी भइरहेको मनाङ प्रहरीले जनाएको छ । मनास्लु हिमाल पर्वतारोहणको लागि गएकी उनी मंगलबार हिमालको तल्लो क्षेत्रमा हिमपहिरोमा परी हराएकी थिइन् ।

दुई सन्तानकी आमासमेत रहेकी नेल्सन अनुभवी स्कि माउन्टेनर हुन् । सन् २०१२ मा उनले सगरमाथाको आरोहण गरेकी थिइन् । लगत्तै २४ घण्टामा उनले ल्होत्से हिमालको पनि आरोहण गरेकी थिइन् ।

त्यसयता उनले नेपालका विभिन्न हिमालको आरोहण गर्दै आएकी थिइन् । धेरैजसो उनी आफ्ना पति जिम मौरिसनसँगै हिमाल आरोहणका लागि जाने गरेकी थिइन् । मंगलबार मनास्लु आरोहणमा जाँदा पनि मौरिसन उनीसँगै थिए । सो क्रममा उनको स्कि ब्लेड चिप्लिएर उनी खस्नपुगेकी थिइन् ।