राजनीति

गोकर्ण विष्ट र रामकुमारी झाँक्री एकै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने


काठमाडौँ – नेकपा एमालेबाट विभाजित भएर बनेको पार्टी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्री र एमालेका सचिव गोकर्ण विष्टले आगामी चुनावमा एउटै निर्वाचन क्षेत्रबाट उठ्ने भएका छन् । आगामी हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर २ बाट झाँक्री र विष्ट उठ्ने देखिएको छ ।

एमालेका सचिव तथा पूर्वमन्त्री विष्ट निर्वाचित सो क्षेत्रबाट आफु प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा झाँक्रीले गरिसकेकी छिन् । युवाहरु माझ लोकप्रिया झाक्री र विष्ट बीच प्रतिस्पर्धा रोचक हुने अबको चुनावमा देखिएको हो ।

झाक्रीलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले समर्थन गर्न सक्ने अहिलेको अवस्थामा विष्ट भने एमालेकै मतदाताको भर पर्नुपर्ने छ । सत्तारुढ गठबन्धनका केही नेताहरुले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले तालमेलका आधारमा उम्मेदवारी दिने घोषणा गरिसकेको छ ।