राजनीति

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित चार जनाले लिए शपथ


काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार बेलुका उनलाई शपथ गराएकी हुन् ।

नवनियुक्त मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसबाट कुमार खड्काले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् । त्यस्तै नेकपा माआवादी केन्द्रका मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टी (जसपा)का हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङले मन्त्रीको पनि शपथ लिएका छन् । गुरुङ, आचार्य र मनाङेले पनि विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन्