गण्डकी प्रदेश

गण्डकीमा सरकार परिवर्तनसँगै मुख्य न्यायाधिवक्ताले दिए राजीनामा


काठमाडौँ – गण्डकी प्रदेशमा सरकार परिवर्तनसँगै प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पनि पदबाट राजीनामा दिएका छन् । मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ ।

शनिबार गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका छन् । यसअघि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका विपक्षी गठबन्धनको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन् ।