Breaking

गठबन्धनविरुद्ध एक्लै हाबी हुने एमालेको अठोट,यस्तो बन्यो निर्वाचन परिचालन कमिटी


काठमाडौँ — आगामी संसदीयनिर्वाचनमासत्तागठबन्धनसँगप्रतिस्पर्धा गर्नप्रमुखप्रतिपक्ष नेकपाएमालेको रणनीति के होला? यो विषययतिवेलाचासोपूर्ण छ । गठबन्धन सिट बाँडफाँडमा जुट्दै गर्दा विपक्षीएमालेले चुनावी रणनीतिको खाका कोर्न तिव्रतादिइएको छ । आगामीनिर्वाचनमाएक्लै बहुमतल्याउने रणनीति सहितपार्टी अघि बढेका एमाले नेताहरुको दावी छ ।

आगामीमंसिर ४ गते संसदीयनिर्वाचनहुने भएपछिमुलुकचुनावमाहोमिएको छ । साना–ठुला सबै राजनीतिकदललाई चुनावको चटारोले तत्ताएको छ । आगामी संसदीयनिर्वाचन ८ दलियमोर्चा सहित अघि बढेको सत्ता गठबन्धन र प्रमुखप्रतिपक्ष नेकपाएमालेबीचको प्रतिस्पर्धाका कारण पनिथप रोचकमानिएको छ । स्थानीयतहमापाँचदललाई पछारेर पहिलो शतिmबन्ने दावीएमालेले गरे पनि परिणाम उसकालागिआशातितभएन ।

यद्यपीएमालेले हार मानेको छैन । आगामी संसदीयनिर्वाचनमागठबन्धनलाई पछार्ने रणनीतिमा एमाले अघि बढेको छ । बिहीबार केन्द्रीय सचिवालयको वैठकले मंसिर ४ गते सम्पन्नहुने प्रतिनिधिसभा र प्रदेशसभानिर्वाचनतयारी तथा सञ्चालनकालागि केन्द्रीयनिर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

भदौ ७गते स्थायी कमिटी, ९ गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।संसदीयनिर्वाचनएमालेविरुद्ध आठ दलमोर्चाबन्दीमाजानथालेपछि गतनिर्वाचनको १२१ सिट खर्लप्पहुनसक्ने आँकलनभइरहँदा नेकपाएमाले गठबन्धन विरुद्ध रणनीतिक तयारीमा जुटेको हो । एमाले नेताहरु एजेण्डासँग सहमतहुने दलहरुसँग स्थानीय स्तरमा सहकार्य गर्न सक्ने बताउँदै आएका छन् ।

एमालेले आगामीनिर्वाचनकालागिपनिविकास र समृद्धिलाई नै अघि सार्ने नेताहरु बताउँछन । यो गठबन्धन विरुद्ध एमाले एक्लै भिड्ने र एक्लो ठुलो शतिmबन्ने रणनीतिक योजनामा छ ।जसकालागिएमालेले नागरिककाजनजीविकासँगप्रत्यक्षजोडिएका विषयलाई घोषणापत्रमा समावेश गर्ने तयारी गरेको छ ।

स्थानीयचुनावमाप्राप्तमतले एमालेको जनमलाई कमआक्नमिल्दैन । तर पार्टीका नेताहरुले दाबी गरेजस्तो ठुलो जनमत संसदीयनिर्वाचनसम्मै हुन्छ भन्ने यकिनगर्न कठिन छ । यदिएमालेविरुद्ध उत्रिने रणनीतिमा रहेका सत्तापक्र्ष चुनावीतालमेलमाइमान्दारीता देखाएएमालेका लागि संसदीयनिर्वाचनफलामको चिउरा चपाए सरह छ । तथापीउम्मेदवार चयन र निर्वाचनको तयारीमाएमालेको कतिप्रभावकारी बन्न सक्छ त्यसको लेखाजोखाविस्तारै हुनेछ ।