Breaking

गठबन्धनले एमाले विरुद्ध राज्यसत्ताको दुरुपयोग गर्‍यो: सांसद भट्टराई


काठमाडौँ — एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । संसद भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको जिकिर गरे ।

उनले पार्टी हारको कारण उम्मेदवार छनौटमा कमजोरी हुनु रहेको बताए । कतिपय ठाउँहरुमा पार्टीलाई जिताउन नलागी विरोधीहरुलाई जिताउन साँठगाँठ गरिएको पनि उनले बताए ।

सांसद भट्टराईले काठमाडौं महानगरपालिकामा कांग्रेस, एमाले लगायतका ठुला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी भएको टिप्पणी गरे ।