कोरोना विशेष

खोप केन्द्रहरुमा भीड बढ्यो, संक्रमण फैलने जोखिम


काठमाडौँ – सरकारले कोभिड–१९ विरुद्धको खोपको सहज उपलब्धता गराउँदै व्यवस्थित रुपले लगाउने भनिरहे पनि संघीय राजधानीमै खोप लगाउनेहरुको भीड घटेको छैन । राजधानी काठमाडौंमा कोभिड–१९ विरुद्धको खोप लगाउने खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड बढिरहेको छ । अव्यवस्थित रुपले खोप कार्यक्रम सञ्चालन गरिदा खोपकेन्द्रबाटै कोरोना संक्रमण फैलने जोखिम पनि बढेको छ ।

काठमाडौँमा विभिन्न खोप केन्द्रहरुबाट खोप निरन्तर लगाइएको छ, जहाँ लक्षित समुहका मानिसहरुको खोप लगाउन भीड लागेको छ । दिनभरी लाइनमा बस्दा पनि कतिपयले खोप लगाउन नपाएको गुनासो समेत गरेका छन् । खोपहुँचवालाले खोप लगाउन नपाउने र अरुले लगाउन नपाउने अवस्थाको अन्त्य गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।