कोरोना विशेष

खोप केन्द्रमा थामिनसक्नु भीड, मजदुरी गर्ने वर्ग खोपको पहुँचबाट टाढै (भिडियोसहित)


काठमाडौँ – सरकारले कोरोना विरुद्धको खोप अभियानलाई निरन्तरता दिइरहेको छ । खोप केन्द्रमा नागरिकको खोप लगाउनेको भिड पनि थामिनसक्नु नै छ । तर, समाजका निरक्षर, दैनिक ज्याला गरेर खाने मजदुरहरुले चाहीँ कसरी र कहाँ गएर खोप लगाउने भन्ने जानकारी समेत पाएका छैनन् ।

यी महिला काठमाडौाको गुह्यश्वरीमा ठेलागाडामा चटपटे पानीपुरी बेचेर विजिकोपार्जन गर्दै आएकी छिन् । कोरोना महामारीकालमा यीनको यो व्यवसायी पनि खोसियो । बल्ल बल्ल बजार त खुल्यो तर पनि व्यवसाय चाहीँ सन्तोषजनक छैन । दिनभरी सयौँ मानिसहरु नजिक पर्छन् । तर न यीनले कोरोनाविरुद्धको खोप लगाएकी छिन् न खोप लगाउने सुरसार नै छ ।

कोरोनोका तेस्रो लहर सुरु भइसक्दा पनि खोपबारे उनी अनविज्ञ छिन् । उनी जस्तै देशका ४० प्रतिशत जनताले खोप लगाउन पाएका छैनन् । हुनसक्छ यी महिला जस्तै अझै लाखौँ लाख मानिसहरु खोप कहाँ लगाउन पाइन्छ भनेर अनविज्ञ छन् । खोपबारे जनतालार्य सुसुचित गराउन नसक्दा दैनिक ज्याला मजदुरी गर्ने र निरक्षर मानिसहरु खोपको पहुँचबाट टाढा भएको कतिपयको बुझाई छ । त्यस्तो समूदायका लागि कार्यस्थलमै वा पायक पर्ने स्थानमा खोपको व्यवस्था गरिदिनु पर्ने सुझाव छ ।

कोरोना संक्रमणबाट बचाउन सरकारले खोप अभियान गत वर्ष माघ १४ गतेबाट सुरु गरेको थियो । एक वर्षदेखि खोप अभियान निरन्तर जारी छ । सरकारले यही पुस मसान्तभित्र १८ वर्षमाथिका ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य राखे पनि पुरा हुन सकेन । एकातिर खोप अभियान लक्षित अंकसम्म नपुग्नु अर्कातिर जनता खोपबाट बन्चीत हुनु परेकाले यसको निराकरणका लागि सरकारले पुलको काम गर्न जरुरी देखिन्छ । नत्र कोरोनाको जोखिम ज्युँका त्युँ रहने निश्चीत छ ।

सरकारको दावी चाहीँ सबै नागरिकलाई खोप लगाउने नै हो । जुनसुकै उमेरका नागरिकलाई सतप्रतिशत खोप लगाएर सुरक्षित राख्ने मन्त्रालयको धारणा छ । ओमीक्रोन भेरियन्टको जोखिम खोप नलगाएका र पहिले संक्रमण नभएकाहरुमा बढी रहेको छ ।

त्यसैले सरकारले खोप अभियानलाई तिब्रताका साथ अघि बढाउन जरुरी छ । ताकी एक डोज खोप अभावको कारण कुनै नागरिकको ज्यान गएको देख्न नपरोस ।