कोरोना विशेष

खोप अभियान सुस्त, चैत मसान्तसम्म सबैलाई खोप दिने देउवाको बाचा पूरा होला ? (भिडियोसहित)


काठमाडौँ — कोरोनाविरुद्धको खोप अभियान सुरु भएको आगामी माघ १४ गते एक वर्ष पुग्छ । तर, पनि सरकारले खोप अभियान प्रभावकारी बनाउन र नागरिकको घरदैलोमा पुग्न सकेको छैन । कहिले खोप अभियान स्थागित हुन्छ भन्ने कहिले सिरिन्जको अभाव । के अब सरकार चैत मसान्तसम्म सबै नागरिकलाई खोपको पहुँचमा ल्याउने लक्ष्यमा पुग्न सक्ला ?

कोरोना संक्रमणबाट बच्ने मुख्य उपाय नै खोप हो, तर नेपालमा भने खोप अभियान सुरु गरेको एक वर्ष पुग्न लाग्दा पनि खोप अभियान प्रभावकारी हुन सकेको छैन । सरकारले खोप पर्याप्त छ भनेर जतिसुकै फूर्ति गरे पनि जनताले सर्वसुलभ खोप पाउन सकेका छैनन् । करिव तीन करोड जनसंख्यामा ६४ प्रतिशतले मात्र कोरोनाविरुद्धको खोप पूर्ण मात्र पाएकाछन् भने अझै ४० प्रतिशत खोप पाएका छैनन् ।

खोप नभएर अरुले लगाउन नपाएका भने होइन । सरकारसँग अझै १ करोड बढि मात्रा खोप स्टोरमा छ । साथै थप खोप आउने क्रममा छ । तर खोप अभियान प्रभावकारी बनाउन नसक्दा अझै लाखौं ब्यक्तिले खोप पाएका छैनन् । जसले प्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन ४ मा विश्वासको मत लिदैं गर्दा भनेको खोप खोप खोप अभियानलाई गिज्याइरहेको छ ।

यसरी बाचा गरेका प्रधानमन्त्री देउवाले आगामी चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने लक्ष्य राखेका थिए । तर, सो लक्ष्यमा पूरा हुने म्भावना देखिँदैन । हाल सम्म एक करोड ६२ लाख४२ हजार ४ सय ५६ जनाले लगाएका छन् भने पूर्ण मात्रमा एक करोड २८ लाख ७० हजार ६ सय ६७ जनाले पाएका छन् । यो स्वास्थ्यमन्त्रलयको तथ्याङकलाई हेनै हो भने केही समय पहिले सरकारले दैनिक ५ लाख मानिसलाई खोप लगाउने बताउँदै आएको छ,। तर त्यो अनुसार काम भने भइरहेको छैन । अघिल्लो सरकारले व्यवस्था गरिदिएको खोपको आपूर्ति, व्यवस्थापना, भण्डारणमा समेत सरकार असक्षम भएको विपक्ष दलको आरोप छ ।

एकतिर खोप थन्किएर विग्रने जोखिम हुनु र अर्कातिर खोप लगाउन नपाएर बढेको जोखिमतर्फ सरकारको ध्यान नगएको विज्ञहरु बताउछन् । सरकारले गरेको बाचा पुरा गरेको भए अहिले तेस्रो लहरको जोखिम नै नहुन सक्ने विज्ञहरु बताउछन् ।

दुई महिनाको अवधिमा लक्षित समूहलाई शतप्रतिशत खोप दिइसक्नु सरकारका लागि चुनौतीको विषय बन्दै गएको छ । खोप कार्ड अनिवार्य गरेपछि केहि दिन अघि देखि खोप केन्द्रमा नागरिकको आकर्षण त छ नै । तर, अझै पनि कतिपय नागरिक खोपबाट बञ्चित नै छन् । कहिले खोप अभियान नै स्थागित हुन्छ त कहिले खोप लगाउन आवश्यक सिरिन्जको अभाव देखिन्छ । यसबाट सरकारको गैर जिम्मेवारपन छरपष्ट भएको छ ।