देश

क्लिनफिड केवल व्यवसायीको मात्र समस्या होइन विज्ञापन बोर्डका : अध्यक्ष हुमागाई


काठमाडौँ – विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले क्लिनफिड केवल व्यवसायीका लागि मात्रै नभइ जुनसुकै प्लेटफर्मका लागि भएको बताएका छन् । देशभरका केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलामा बोल्दै उनले केवल व्यवसायीहरूको सहयोगमा क्लिनफिड लागू भएको बताए ।

अध्यक्ष हुमागाईले विद्युतको पोलमा बढाइएको भाडाप्रति व्यवसायीको विरोधलाई समर्थन गरे । उनले विभिन्न प्रकारका डिजिटल प्लेटफर्मका कारण पनि केवल टीभी व्यवसायीलाई चुनौती थपेको बताए । आईपी टीभी, ओटीटी प्लेटफर्म, भिडियो अन डिमान्ड , नेटफिलिक्सलगायतका कारण व्यवसायीलाई चुनौती थपेको उनको भनाइ थियो ।