समाचार

क्रिस्चियानो रोनाल्डोका नवजात छोराको मृत्यु


काठमाडौँ — फुटबल स्टार क्रिस्चियानो रोनाल्डोका नवजात छोराको मृत्यु भएको छ । रोनाल्डोले इन्स्टाग्राममा आफ्नो नवजात छोराको मृत्यु भएको पुष्टि गर्दै एक विज्ञप्ति पोस्ट गरेका छन् ।

म्यानचेस्टर युनाइडेटमा रहेका ३७ वर्षीय रोनाल्डो र उनकी प्रेमिका जर्जिनाले गत अक्टोबरमा जुम्ल्याहा बच्चा जन्मने आशा गरेका थिए । छोराको मृत्युले गहिरो चोट लागेको विज्ञप्तिमा दुबै जनाले जनाएका छन् । जर्जिनाबाट एक छोरा र एक छोरीको जन्म भयो। छोरी भने सुरक्षित रहेको उनीहरुले बताएका छन्। छोरी रहेकोले आफूहरुलाई आश र खुसी मिलेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

म्यानचेस्टर युनाइटेडले पनि रोनाल्डोको पोस्टमा कमेन्ट गर्दै दुस्ख व्यक्त गरेको छ।