अर्थनीति

क्रिडेन्स सहकारीको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ — चाबहिलको चुच्चेपाटी के.एल टावरस्थित क्रिडेन्स बचत तथा ऋण सहकारी संस्थाको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथी गोकर्णेश्वार नगरपालिकाका प्रमुख सन्तोष चालिसेले गरे ।

प्रमुख शाक्यले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने बताए ।

उनले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि मर्ज गर्नु पर्ने आवश्यकता रहेको विचार पनि व्यक्त गरे ।
संस्थाका अध्यक्ष आङकाजी शेर्पाको सभापतित्वमा सम्पन्न सभामा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिको वार्षिक प्रगती विवरण प्रस्तुत गरिएको थियो ।