कोरोना विशेष

कोरोना भाइरसका थप संक्रमित फेला


काठमाडौं — पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ६३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ३० र एक हजार ५९४ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो भने उक्त अवधिमा देशभरमा १०३ जना कोरोना भाइरसका संक्रमित संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ४ रहेको छ।