पर्यटन

कोरोनाले थला परेको पर्यटन व्यवसायलाई माथि उठाउने मन्त्री श्रेष्ठको प्रतिवद्धता


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पदभार सम्हाल्दै उहाँले आफु मन्त्रालयमा रहुन्जेल पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायको विकास र सम्मृद्धिका लागि काम गर्ने बताउनुभएको हो ।

रहरले नभई बाध्यताले मन्त्रालयको जिम्मेबारी सम्हाल्नु परेको उल्लेख गर्दे उहाँले कोभिड महामारीको अत्यन्तै कठिन अवस्थामा पनि पर्यटन क्षेत्रको सम्मुन्नत विकासका लागि भिन्न किसिमको कार्यायोजना बनाई अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । मन्त्री श्रेष्ठले नेपाल वायु सेवा निगमले विभिन्न समयमा जहाज किन्दा देखिने गरेका समस्याको पनि अध्ययन गर्ने बताउनुभयो ।