कोरोना विशेष

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ के हो ? कति घातक ? (भिडियोसहित)


काठमाडौँ — दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रोनको त्रास विश्वभर बढेको छ । हाल विश्वव्यापी फैलिएको ‘डेल्टा भेरियन्ट’पछि यो नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी चासोको विषय बनेको छ । यता विज्ञहरुले ओमिक्रोन थप घातक रहेको भन्दै सतर्कता अपनाउनुपर्ने बताउछन् ।

कोरोना भाइरसको डेल्टा भेरियन्ट नियन्त्रणमा आईनसक्दै अहिले विश्वमा नयाँ प्रजातिको ओमिक्रोन भेरियन्टको त्रास बढेको छ । ओमीक्रोनको जोखिममा नेपाल पनि बढेको छ । यो भाइरस पहिलो पटक गत बुधबार दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले विश्वको विभिन्न देशमा ओमिक्रोन भाइरस देखिएको छ । भारतमा समेत यसको जोखिमलाई मध्यनजर गर्दै सरकारले आवश्यक तयारी गरेको छ ।

डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ । अहिले यो भाइरस अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।

यो भेरियन्टको म्युटेसन डेल्टाभन्दा खतरनाक हुन सक्ने भन्दै वैज्ञानिहरुले सचेत रहन आग्रह समेत गरेका छन् । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि दक्षिण अफ्रिकामा देखिएको कोरोनाको भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन नेपाल भित्रने जोखिम रहेको बताउदै सर्तकता अपनाउन आग्रह गरेको छ ।

ओमिक्रोन भेरियन्टको जोखिम उच्च भएको भन्दै सावधानी अपनाउन डब्लूएचओले सबै देशलाई निर्देशन दिएको छ । दक्षिण अफ्रीकाको धेरै प्रान्तहरुमा यो भेरियन्ट तीव्र गतिमा फैलिएको छ भने, कोरोनाको ‘एस जिन’ हाल प्रयोगमा आइरहेको रिएजेन्ट पिसिआर प्रविधिले पत्ता लगाउन नसक्ने भनिएको छ ।