देश

कोरोनाको त्रासबीच विजयादशमी, टीका घरघरमै सीमित (भिडियोसहित)


काठमाडौँ – आज विजया दशमी अर्थात टिकाको पहिलो दिन, सबैले आ–आफ्ना ठुलाबढा मान्यजनहरुबाट टिका जमरा सहित आर्शिवाद ग्रहण गरी मनाएका छन । गत वर्ष कोरोना महामारीका कारण खल्लो बनेको नेपालीहरुको दशैं यो वर्ष भने विगतको जस्तै सहज र रमाइलो भएको सर्वसाधरणहरु बताउँछन ।

हामी अधिकांशका लागि दशैं भन्न वित्तिकै पारिवारिक जमघट, आफ्ना मान्यजनहरुबाट टिका जमरा सहित आर्शिवाद ग्रहण गर्ने, मिठो मसिनो खएर रमाइलो गर्ने महत्वपूर्ण अवसर हो । पारिवारिक जमघट र रमाइलो गर्नकै लागि शहरबाट गाउँ फर्किने, विदेशबाट आफ्नो मुलुक फर्किने चलन नै बनिसक्यो ।

परिवार आफन्तजन भेटघाट गर्न चाडवाड नै कुर्ने ठुलो जमात बन्दै छ । गत वर्ष कोरोना महामारीका कारण भेटघाट र रमाइलो गर्ने वातावरण बनेको थिएन । कोरोना नियन्त्रणका लागि मुलुकमा जारी लकडाउनका कारण पोहोरको दशै खल्लो भएको थियो । जो जहाँ छ त्यहिँ रहेर भर्चुवल माध्यमबाट दशै मनाइएको थियो ।

यो वर्ष भने कोरोना महामारी कम भएका कारण सर्वसाधरणले दशै सहज रुपमा मनाउन पाएका छन । सर्वसाधरणलाई दशैमा टिका ग्रहण गर्न एक ठाउँबाट अर्को ठाउँमा जाने चटारो छ । दशैंका बेला मात्र विशेष भेटघाट हुने परिवारजन भेट्न र मान्यजनहरुबाट टिका थाप्न सर्वसाधरण एक ठाउँबाट अर्को ठाउँ जाने क्रम सुरु भएको छ ।

सर्वसाधरणले गतवर्षको तुलनामा यो वर्ष धेरै अलि ढुक्कसँग दशै मनाएका छन । कोरोना संक्रमणदरमा कमी आएकोले नै टीकाको दिन घरमा टिकोटालो सकेर आफन्तकोमा जानेहरु यस वर्ष पर्याप्त देखिएका छन् । पारिवारिक भेटघाटका साथै वर्षेपिच्छ सम्बन्धलाई नविकरण गर्न र सद्भाव बढाउन दशैको टिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको सँस्कृतविद्हरु बताउँछन ।

विजयादशमीबाट सुरु भएको टिका ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म चल्नेछ । ठाउँ विशेष कतिय स्थानमा दशैंका टिका आज विजयादशमीको दिन मात्र लगाउने प्रचलन पनि रहिआएको छ ।