कोरोना विशेष

कोरोनाको जोखिम बढ्यो : ४ हजार १०७ संक्रमित थपिए, ३५ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार २९८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ९७५ जना र एन्टिजेन विधिबाट १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ९२२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् ।