अर्थनीति

कोभिडका कारण रोजगारी गुमाएकालाई १० हजार दिने अर्थमन्त्रीको घोषणा


काठमाडौँ – कोरोना भाइरस कोभिड– १९ का कारणले रोजगारी गुमाएका व्यक्तिलाई सरकारले १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । जेठमा अध्यादेश मार्फत आएको बजेटलाई प्रतिस्थापन विधेयक मार्फत संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले १० हजार रुपैयाँ दिने योजना ल्याएका हुन् ।