अर्थनीति

कोका–कोलाको उपाध्यक्षमा देवयानी राणा नियुक्त, भारत र दक्षिणपश्चिम एसिया हेर्ने जिम्मेवारी


काठमाडौँ – कोकाकोला भारतले नेपालकी देवयानी राज्यलक्ष्मी राणालाई आफ्नो उपाध्यक्षमा नियुक्त गरेको छ । कोकाकोलाले राणालाई भारत र दक्षिण(पश्चिम एसियामा कम्पनीको सार्वजनिक मामिला, सञ्चार र दीगोपना हेर्ने उपाध्यक्षको रुपमा नियुक्त गरेको हो ।

यसअघि राणाले काटरपिलर इन्डियाको निर्देशकको रुपमा रहेर भारत, नेपाल र भुटानको सार्वजनिक मामिला हेरेकी थिइन् । कोका–कोलाको भारत र दक्षिण(पश्चिम एसिया हेर्ने अध्यक्ष संकेत रेले देवयानीको आगमनले कोका–कोला यो क्षेत्रमा थप विस्तार हुने बताउनुभयो । देवयानीसँग नीति, नियम, व्यापार सम्झौता र नियमनबारे वकालत गरेको अनुभव रहेको रेले सुनाए ।

विगत २५ वर्षमा राणाले राष्ट्रसंघको विकास कार्यक्रम (यूएनडीपी) र राष्ट्रसंघ इन्डियाका साथै स्वाब फाउन्डेसन फर सोसियल इन्टर्ननर्सिप, जेनेभा र विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) मा पनि काम गरिसकेकी छिन् ।

राणाले यो अवधिमा यो क्षेत्रमा पूर्वाधार, वातावरण, सामाजिक र सुशासन र व्यापारमा प्रभावकारी रणानीतिको विकास गर्न सफल भएकी छिन् । साथै उनले कम्पनीको नाफा बढाउँदै व्यापार विस्तार पनि गराउन सफल भएकी छिन् ।

राणाले लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स ९एलएसई० अध्ययन गरेकी थिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा मास्टरडिग्री गरेकी थिइन् ।