Breaking

के शेयर किन्ने बेला आएकै हो ? कस्तो हुन्छ बजारको भविश्य ? (भिडियोसहित)


काठमाडौँ – सेयर बजारमा तीब्र गिरावट आएर राम्रा कम्पनीको सेयर मूल्य धेरै तल आएपछि केही लगानीकर्ताहरु अब सेयर किन्ने सोचमा पुगेको देखिएको छ ।

सेयर दलालको कार्यालयहरुमा बुझ्दा अब बिस्तारे सेयर किन्नेहरु बढ्न थालेका र केही सामुहिक लगानी कोषहरुले पनि किन्ने संकेत दिएका बुझिन् आएको छ । सेयर किन्ने क्रम बढ्न थालेपछि कतिपय कम्पनीका सेयर बिक्रेताहरु मार्केट डेप्थबाट गायब भएको अबस्था छ ।

सेयर बजार धेरै घटेर मूल्य तल आएको बेला राम्रा कम्पनीको सेयर किनेर दीर्घकालीन लगानी गर्नु राम्रो कुरा हो । नयाँ लगानीकर्ताहरु पनि यसैगरी सेयर बजार धेरै घटेको बेला बजार प्रबेश गर्दा फाईदाजनक हुनसक्छ । तर जोखिमका पाटाहरु भने आफैले केलाएर लगानी गर्नु उत्तम विकल्प हो ।

के शेयर किन्ने बेला आएकै हो ? कस्तो हुन्छ बजारको भविश्य ? सेयर बजार विश्लेषक सन्दीपकुमार चौधरीसँग गरिएको कुराकानी :