Breaking

कृष्णहरि पुस्कर बने अर्थसचिव


काठमाडौँ — अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुस्करले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुस्करलाई अर्थ मन्त्रालयको सचिवको जिम्मा दिने निर्णय गरेको हो । राजस्वसचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिइएको छ । 

यसअघिका अर्थसचिव मधु मरासिनीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको थियो ।

यस्तै बैठकले राष्ट्रिय अनुसन्धान विभागका २ जनालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ९एआईजी सरहको पद०मा बढुवा गरेको छ । डीआईजी सरहका हुतराज थापा र ओम जोशीलाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो ।

थापा र जोशीको बढुवा नभएको भए दुवै जना आगामी भदौ दोस्रो साता ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशामा जाने थिए । बढुवाका लागि थापा र जोशीसहित हरिहर पौडेल, सुनील ढकाल, टेकेन्द्र कार्की, सुमन वैद्यलगायत प्रतिस्पर्धामा थिए ।

विभागका प्रमुख यदुलाल खरेल ५८ वर्षे सेवाअवधिका कारण भदौ २८ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् ।