देश

कृषिकर्ममा रमाउदै सरसतिया, बार्षिक लाखौ आम्दानि


काठमाडौँ — प्रायः अधिकांश घरमा एकदुईवटा बाख्रा,पाल्ने चलन छ । घरमा आइपर्ने सानातिना आर्थिक समस्या टार्न पनि बाख्रा पाल्ने गरिन्छ । बाख्रापालन नेपालको सबै ठाउँहरुमा गर्न सकिने व्यवसाय हो ।कम लगानीबाट नै गर्न सकिने यो व्यवसाय यतिबेला सबैको आर्कषणको केन्द बनेको छ । यो व्यवसायलाई बजारको कुनै किसिमको चिन्ता हुँदैन । पछिल्लो समय खसीको मासुको माग पनि निकै नै बढेको पाइन्छ ।

विशेषगरी निम्न आर्थिक अवस्था भएकाले एकदुईवटा बाख्रा पालेर आफ्नो घर खर्च टार्न काम गर्दै आएकी कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ कि सरसतिया थारुले अहिले व्यावसायिक बाख्रापालन गर्न थालेकी छिन । अहिले सरसतिया थारुले व्यावसायिक बाख्रापालन गर्दै आएकी छन् । उनले २०६४ साल देखि बाख्रापालन गर्दै आएको भए पनि चार वर्षदेखि फार्म नै दर्ता गरेर व्यावसायिक रुपमा लागेकी हुन् । घरको काममा दैनिकी बिताउँदै आएकी थारुले यतिबेला पछाडि फर्केर हेर्नु परेको छैन ।

परिवारको खर्च धान्न, छोराछोरीको पढाइ खर्च अरूसँग माग्न नपरेको सरसतिया बताउछीन् । “ कामकै सिलसिलामा छिमेकी जिल्ला रुपन्देही गएका श्रीमान अहिले उनीसंगै छन “ । मैले परिवारको रेखदेख गर्ने र बाख्रा फार्मलाई समय दिँदै आएकी छु,” थारुले भनीन्, “काम नगरी पनि हुँदैन । एकदुई बाख्रा घरमा त्यसै पनि पालेकै थिए । त्यसलाई व्यवस्थापन गरेर व्यावसायिक रुपमा नै गर्नुपर्छ भन्ने आँटले आज व्यवसायमा सफल हुँदै गएकी छु ” उनले भनिन् ।

पाँचवटा बाट सुरु गरेकी थिएँ । त्यसैबाट बढाएर ५० वटा पुर्याए । बाख्राको प्रजनन्मा सुधार भएपछि बढाउँदै लैजाने योजना बनाएकी छु थारुले भनिन ्। बोका र खसी बेचेर वार्षिक ३ देखि ४ लाख आम्दानि हुने गरेको बताइन । त्यतिमात्र होइन थारुले कुखुरा पालन बाट पनि मनग्ये आम्दानी गर्दै आएकी छिन्। थारुले ४ वटा लोकल कुखुराबाट अहिले ६० वटा बनाएकी छिन्।

कुखुरा लिन नजिकैको बजार गुरुसिङ्गे, इमिलिया बनगाई,चार नम्बर, चन्द्रौटाबाट आउने गरेको उनि बताउछिन। कुखुरा बेचेरै उनले मासिक २०÷२५ हजार आम्दानि हुने गरेको बताइन। उनले बाख्रा कुखुरा मात्र होइन खरायो, र सेतो मुसा समेत पालेर आम्दानि गर्दै आएकी छन। उपहार पाएको २वटा खरायो र मुसो पालेर अहिले १६ ओटा खरायो र ८ ओटा मुसा बनाएकी छिन।

कृषिमा जोडिए पछि एउटा मात्र गर्नु भन्दा एकै समयमा कुखुरा खरायो र मुसा पाल्न सजिलो हुने उनि बताउछिन। बिहानको समय घरको काम सकेर खरायोलाई घास र मुसो र कुखुरालाई दाना हाल्ने र दिउसोको समयमा नजिकैको जंगलमा बाख्रा लगरे चराउने गर्छिन्। उनीसहित उनलाई ६६ वर्षकी सासु आमा (गोलरि थारु) ले बाख्रा हेर्न सहयोग गर्ने गरेको बताइन।

सासु आमा (गोलरि थारु) ले बुहारीले गरेको कामले आफु खुसि भएको बताइन। किडार्क नेपालले आफुलाई व्यावासाहिक रुपमा बाख्रा कुखुरा पालन गर्दा फाइदा हुने तथा व्यावासाहिक योजना बनाउन, बाख्रा पालन तालिम, बाख्राको मल व्यवस्थापन गर्ने र आधुनिक खोर निर्माणमा प्राविधिक र केहि आर्थिक सहयोग गरेकाले अहिले आफुले फर्केर हेर्न नपरेको उनि बताउछिन ।