अर्थनीति

कुमारी बैंकले ल्यायो पहिलो पटक ‘फोनलोन’ सेवा, ईएमआईमा भुक्तानी गर्न सकिने


काठमाडौँ — नेपालमै पहिलो पटक कुमारी बैंक लिमिटेडले फोनलोन ईएमआईमा भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । बैंकले आफ्ना ग्राहकको आवश्कता व्यवव्थापनको लागि गतवर्ष देखि नै फोनलोन सेवा संचालनमा ल्याएको थियो । कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट प्राइभेट लिमिटेड सँगको सहकार्यमा इएमआईमा फोनलोन भुक्तानी गर्ने सुविधा संचालनमा ल्याएको हो ।

यस सुविधा अनुसार विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम एक हजार देखि दुई लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सो कर्जा आयश्रोतका आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिनामध्ये कुनै एक अवधि छनोट गरी भुक्तानी गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले भन्नुभयो,‘सानातिना व्यक्तिगत आकास्मिक खर्चहरु पूर्ती गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकलाई सहज हुन्छ ।’ फोनपे नेटवर्कमा आवद्ध मर्चेट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यूआर स्क्यान गरी वाई नाउ पे लेटर लेखेर अवधारणामा भुक्तानि गर्दा पनि किस्ताबन्दीमा गर्न सकिने व्यवस्था बैंकको विज्ञप्तिमा उल्लेख छ ।

कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अनिष ताम्राकारले आगामी दिनहरुमा यस फोन लोनलाई अझ विस्तार र विकसित गर्दै लाने, उपभोक्तालाई सहज र प्रभावकारि बनाउने जाने बताउनुभयो ।

प्रभावकारी तथा ग्राहकमुखि बनाउँन देशव्यापी रुपमा एक सय ९६ शाखा सञ्जाल, एक सय ७७ एटिएम, ३६ शाखा रहित बैंकिङ्ग इकाई साथै १२ एक्टेन्सन काउन्टर मार्फत् अत्याधुनिक वित्तिय सेवा सुविधा दिने बैंकको आगामि योजना रहेको पनि उहाँले सुनाउनुभयो ।