राजनीति

किन भएन प्रधानमन्त्री देउवाको औपचारिक विदेश भ्रमण ? (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा अगामी आइतबार स्कटल्याण्ड जाँदैछन् । मुलुकको प्रधानमन्त्री नियुतm भए लगत्तै छिमेकी मुलुक भारतबाटैनै विदेश भ्रमणको सुरुवात गर्नेपरम्परालाई देउवाले पनि तोडेका छन् ।

मुलुकमा सरकार फेरिदैमा परराष्ट्र मामिला अथवा मुलुकको विदेश नीति फेरिने विषय पक्कै होइन । परराष्ट्र मामिला मुलुकको आवश्यकता अनुसार परिमार्जन गर्दै जाने विषय हो । मुलुकको भू–राजनीति,विश्व राजनीतिक परिस्थितिका साथै सरकारको आफ्नो योजनाहरुले यी विषयमा फरक पार्दछ । नेपालको परराष्ट्र मामिल भू–राजनीतिका दृष्टिकोणबाट बढी प्रभावित छ । सबै भन्दा पहिलो बेलायतसँग दौेत्य सम्बन्ध कायम गरेको नेपालको परराष्ट्र विशेष त छिमेकी मुलुक भारत र चीन केन्द्रित छ ।

नेपालमा जुनसुकै पार्टीका प्रधानमन्त्री नियुतm भए पनि छिमेकी मुलुक त्यसमा पनि भारतबाटै विदेश भ्रमणको सुरुवात गर्ने पुरानो परम्परा छ । परराष्ट्र मामिलामा नेपाल पहिलो नीति लिएका देउवालाई भने प्रधानमन्त्री भएको सय दिन पार गर्दा पनि भारतले औपचारिक निम्तो दिएको छैन । पार्टीका अन्य नेताहरु चरणवद्ध भारत भ्रमण गरे पनि देउवाले तत्काल भारत भ्रमण गर्ने कुनै संकेत देखाएका छैनन् । प्रधानमन्त्ती देउवाले आफ्नो विदेश भ्रमण स्कटल्याण्डबाट गर्दैछन् ।

ग्लास्गोमा हुने जयवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिन देउवा ३१ अक्टोबर अर्थात् आगामी आइतबारस्कटल्यान्ड प्रस्थान गर्नेछन् । बेलायतको निम्तोमा नभई वर्ल्ड लिडर समिटमा भाग लिनका लागि देउवाले स्कटल्याण्ड जान लागेका हुन् । दुई पक्षीय भ्रमण नभएकाले यसले भारतलाई वाईपास गरेको अर्थउन नहुने जानकारहरुको तर्क छ ।

कुनै पनि मुलुकले नयाँ नेतृत्व पाए लगत्तै छिमेकी मुलुकहरुको भ्रमण गर्नेपर्छ वा बोलाउनै पर्छ भन्दा पनि नेतृत्वको विदेश भ्रमणदेशको आवश्यक, राष्ट्रको हित र आवश्यकता अनुसार तय हुने विषय भएकाले यस विषयमा अत्तालि हाल्ने पर्ने विषय नभएको कतिपयको बुझाई छ । अहिले अनुकुल समय नभएका कारण भ्रमण वा निमन्त्रणा प्राथमिकतामा नपरेको हुन सक्ने जानकारहरु बताउँछन ।

कोरोनाका कारण प्रधानमन्त्रीले अतिआवश्यक बाहेकका भ्रमणलाई नचाहेरै नभएको कांग्रेस नेताहरुको तर्क छ । कोरोना महामारीका बीच नेपाल पहिला परराष्ट्र नीतिलाई अंगिकार गर्दै शीर्ष नेतृत्व अथवा औपचारिक भ्रमणलाई भन्दा पनि ट्रयाक्ट टु डिप्लोम्यासीलाई बढी जोड दिइएको नेताहरुको दावी छ ।

प्रधानमन्त्री हुन साथ भारतपुग्नैपर्ने विगतको परम्परालाई देउवाले मात्र होइन, यसअघि २००८ मा तत्कालिन प्रधानमन्त्री प्रचण्ड दिल्ली नगई बेईजिंग ओलम्पिक्सको समापन समारोहमा भाग लिन पुगेका थिए । त्यसपश्चातभारतले असन्तुष्टी व्यतm गरेको थियो । देउवाको भ्रमण पनि दुईपक्षीय औपचारिक भ्रमण नभई बहुपक्षीय सम्मेलन हो ।

यसप्रति भारतको कुनै प्रतिक्रिया भने आइसकेको छैन । यस सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी पनि सहभागी हुँदै छन । नयाँराजनीतिक नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्रीस्तरीय भेट भएको छैन । कोप २६ मा देउवा र मोदीको भेट हुन्छ या हुन्न निश्चित छैन, यद्यपि यस विषयलाई चासोको रुपमा भने हेरिएको छ ।