विदेश

काश्मिरमा फेरि पनि मुठभेड, २२ जनाको ज्यान गयो


काठमाडौँ – भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ । मारिनेमा भारतीय सेनाका ९ जना रहेका छन् ।

भारतीय सेनाले आतंकवादी समूहका १३ जना मारिएको जनाएको छ । भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए । अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा मुठभेड जारी रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।