देश

कारोनाका कारण नेपालले रोक लगाएको अनअराइभल भिसा खुला

खोप लगाएका पर्यटक सिधै गन्तव्यमा जान पाउने


काठमाडौँ – कोभिड संक्रमणका कारण नेपालले रोक लगाएको अनअराइभल भिसा नेपाल सरकारले खुला गरेको छ । संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयका अनुसार कोभिडको पूर्ण खोप लगाइसकेका विदेशीले अब अनअराइभल भिसा पाउने छन् ।

यसबारे मन्त्रालयले बिहीबार ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश’जारी गर्दै भिसाखुला गरेको जनाएको छ । सरकारले ०७६ चैतको पहिलो लकडाउन सँगै विदेशीलाई अनअराइभल भिसामा रोक लगाएको थियो ।