Breaking

काभ्रेको पाँचखाल वडा नम्बर १३ मा मतदान सुरु


काठमाडौँ — काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको चुनाव आज सुरु भएको छ ।

स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत रामप्रसाद भट्टराई र मालपोत अधिकृत गंगा पोखरेललाई सहायक मतदान अधिकृतको रुपमा खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वैशाख ३० गते मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित भएको निर्वाचन जेठ ३ गते गर्ने गरी निर्णय भएको थियो । २ वटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन् ।