Uncategorized

काठमाडौं जिल्लामा १९ हजार ६७१ ले लगाए जोन्सन एन्ड जोन्सनको खोप



काठमाडौँ –कोभिड–१९ विरुद्धको जोन्सन एन्ड जोन्सनको खोप सोमबार काठमाडौं जिल्लामा १९ हजार ६७१ जनाले लिएका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार जोन्सन एन्ड जोन्सन खोप कार्यक्रमका लागि लक्षित एक लाख ४६ हजार ५२४ जनामध्ये पहिलो दिन १९ हजार ६७१ जनाले यो खोप लिएका हुन् ।

देशभरका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, अपांगता भएका व्यक्तिहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई यो खोप दिइँदै छ ।

काठमाडौंमा जोन्सनको खोप यही साउन ६ गतेसम्म विभिन्न ४४ वटा केन्द्रबाट दिइनेछ ।