Breaking

काठमाडौंमा माओवादी निल, देशकै मुटुमा एक पालिका जित्न सकेन,मतदाताले रुचाएनन् माओवादीलाई


काठमाडौँ — देशभरको मतपरिणामलाई हेर्दा स्थानीय तहमा अब माओवादीलाई तेस्रो बन्न कुनै अवरोध हुने छैन । विगतमा पनि तेस्रो नै भएको माओवादी यो स्थानीय तहको निर्वाचनमासुधारिएको तेस्रो शक्ति बन्ने देखिन्छ । तर देशको शक्ति केन्द्र मानिने काठमाडौं उपत्यकामा भने सुन्य बनेको छ । देशभरको परिणामलाई हेर्दा गठबन्धनकै बलमा आफ्नो हैसियतभन्दा अलिकति बढी मतपरिणाम ल्याएपछि फुर्किएको नेकपा माओवादी केन्द्रकाठमाडौं उपत्यकामा भने निल भएको छ । अर्थात कुनै पनि नगरपालिकामा माओवादीले नेतृत्व पाएन ।

तीन जिल्ला रहेको उपत्यकामा २१वटा स्थानीय तहछन् । त्यस मध्येकाठमाडौंमा एक महानगरसहित ११ नगरपालिका छन् ।ललितपुरमा १ महानगर, दुई नगरपालिका र ३ गाउँपालिका रहँदा भक्तपुरमा ४ नगरपालिका रहेका छन् । तर माओवादीका लागि एक स्थानीय तह समेत आफ्नो बन्न सकेन । जबकि निर्वाचनको अघिल्लोदिनसम्म माओवादीका नेताहरु आफुलाई दोस्रो शक्ति अथ्र्यारहेका थिए । २०७४ सालको निर्वाचनमा २१ पालिकामध्ये माओवादी केन्द्रले एक स्थानीय तहमा बाजि मारेको थियो । ललितपुरको कोञ्जोस्योम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको माओवादी अहिले त्यो पनि गुमाएपछि निल भएको हो ।

जबकि एमालेविरुद्ध गठबन्धन नै गरेको माओवादीले हार ब्यहोर्दा त्यही गठबन्धनबाट उपप्रमुख लडेको काँग्रेस विजयी भएको छ ।किनकि नेपाली काँग्रेससँग अधिकांश स्थानमा गठबन्धन भएपनि माओवादीले भोट पाएको छैन । ललितपुर महानगरकै कुरा गर्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेका काँग्रेसकाचिरिबाबु महर्जनले २५ हजार हाराहारीमा मत ल्याउँदा माओवादीले पाएको उपमेयरमा बाबुराज बज्रचार्यले १० हजारको हारीहारीमा मात्रै मत ल्याएका छन् ।यसले पनि उपत्यकामा माओवादीलाई नरुचाएको स्पष्ट देखिन्छ ।

काँग्रेससँग तालमेल गरेको माओवादीले ललितपुरको कोन्ज्योसोम गाउँपालिका र महालक्ष्मी नगरपालिकामा प्रमुखको भाग पाएपनि जित निकाल्न सकेन । बरु उपप्रमुख पाएको मंहाकाल गाउँपालिका र बागमति गाउँपालिकामा दुई सिट जितेको छ ।भक्तपुरका चार स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिकामा उपप्रमुख जितेको छ । काठमाडौं जिल्लामा जित्नु त परको कुरा कुनै पार्टीसँग निकटतम् प्रतिस्पर्धीसमेत बन्न सकेन । यद्यपी साख बचाउनकै लागि उपत्यका भरी जम्मा तीन उपप्रमुख जितेको छ, जसले देशको मुटुमा माओवादीलाई सम्झिन मद्दत गर्नेछ ।