कोरोना विशेष

काठमाडौँ उपत्यकामा १० दिन निषेधाज्ञा थपियो



काठमाडौँ – काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन लम्ब्याइएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन भएको छैन ।

वैशाख १६ देखि सुरु निषेधाज्ञा केहि खुकुलो भएपनि जारी छ । कोरोना जोखिम अझैपनि रहेकाले निषेधाज्ञा लम्ब्याइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी गराउनुभयो ।