कोरोना विशेष

काठमाडौँ उपत्यकामा थप ५०८ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ३९४, ललितपुरमा ६० र भक्तपुरमा ५४ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन् भने ४४ जनाको मृत्‍यु भएको छ ।