कोरोना विशेष

काठमाडौँ उपत्यकामा थपिए ५६४ कोरोना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घन्टामा मुलुकभर थप १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा मृत्यु हुनेको संख्या ६ जना रहेको छ।