कोरोना विशेष

काठमाडौँ उपत्यकामा थपिए ३९६ कोरोना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा २९८, भक्तपुरमा ६३ र ललितपुरमा ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या ३१२२, ललितपुरमा १४४० र भक्तपुरमा ९७० रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा मुलुकभर थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा मृत्यु हुनेको संख्या ८ जना रहेको छ।