देश

काठमाडौँको ज्ञानेश्वरबाट खैरो हेरोइनसहित दुई जना पक्राउ


काठमाडौँ – काठमाडौँको ज्ञानेश्वरबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिम घर भएका २१ वर्षीय सौरभ लम्साल र मोरङको उर्लाबारी घर भएका ३३ वर्षीय संगम तामाङ छन् । लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले संगमको साथबाट ३० ग्राम र लम्सालको साथबाट दशमलव ५ ग्राम हेरोइन बरामद गरेको छ ।

भदौ १६ मा ब्यूरोले पाँचथर घर भएका लक्ष्मी विकलाई १३० ग्राम हेरोइन सहित पक्रेको थियो । लम्साल पनि लक्ष्मी बिकसँगै मिलेर लागु औषध कारोबार गर्ने समूहको सदस्य भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरु उपर लागूऔषध मुद्दामा म्याद थप लिएर अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी हृदय थापाले जानकारी गराउनुभयो ।